Bisal Chautari Logo

प्रदेश २ मा एमालेले दुई सिट जित्दै पाचैँ दल बने, को बने त पहिलो दल ?

- २७ मंसिर २०७४, बुधबार ०७:१४ मा प्रकाशित


UML fifth party in state 2
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २७ बुधवार । प्रदेश नम्बर २ मा राजापाले सबैभन्दा बढि १० सिट जित्दै पहिलो बनेको छ । संघिया समाजवादी फोरमले ९, कांग्रेसले ६, माओवादीले ५ र एमाले २ सिटमा जितेका छन् ।
अन्य प्रदेशमा उल्लेखनीय जित हासिल गरेको वाम गठबन्धनको ठूलो दल एमाले २ नं प्रदेशमा पाचैँ भएको छ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३२ सिटमा जम्मा २ सिट मात्रै जित्न सफल भएको हो ।
एमालेले धनुषा–४ मा रघुबीर महासेठ, र सिराहा –३ मा लिलानाथ श्रेष्ठले मात्रै जित हात पार्न सफल भएका छन्। प्रदेश २ का ३२ प्रतिनिधिसभाका सिट मध्ये एमालेलाई १५ र माओवादीलाई १७ हुने गरी भागवण्डा गरिएको थियो।
स्थानीय तहको निर्वाचनमा २ नं प्रदेशमा पहिलो भएको कांग्रेस पनि ६ सिट मै सीमित भयो । दुई मधेस केन्द्रित दल राजपा र फोरमले तालमेल गरेपछि यहाँ तीन ठूला दल खुम्चिन पुगेका हुन् ।

प्रतिक्रिया