Bisal Chautari Logo

अमेरीकामा नेपाली एकै परिवारको तीन जनाको मृत्यु, कारण यस्तो छ

- २६ मंसिर २०७४, मंगलवार १३:१९ मा प्रकाशित


Three people of a single family die in the United States
एजेन्सी
अमेरीका,२०७४ मंसिर २६ मंगलवार । अमेरीकामा भएको सडक दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको छ । अमेरीकाको टेक्सास, फोटेर्वथ सहरमा सोमबार दुर्घटना हुदा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि ५३ बर्षीय डम्बर कामी, ४५ बर्षी पवित्र कामी र ४ महिनाको बालक स्यारोनको मृत्यु भएको हो । दुर्घटनामा परि थप तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा २४ बर्षीय रुपा कामी, १४ बर्षीय मोनी लोकान्द्री र ४ बर्षीय रीना कामी रहेका छन् । रुपाको आइसियुमा राखेर उपचार भईरहेको छ ।
स्थानीय एक मिडियाको आनुसार एक ट्रकले उनीहरु सवार होण्डा सिभिक गाडीलाई हाइवे नजिकै ब्लु माउड रोडमा ठक्कर दिएको थियो । गाडी चालक डम्बर र पवित्रको घटना स्थलमै निधन भएको थियो । कमीको परिवार सोमवार राति चर्चवाट घर फर्कने क्रममा दुर्घटना भएको थियो । झपाका बेलडाँगी शरणार्थी शिविलबाट अमेरीका पुगेका थिए ।

प्रतिक्रिया