Bisal Chautari Logo

जित पछि एमाले अध्यक्षा ओली विजया र्‍यालीमा व्यस्त

- २६ मंसिर २०७४, मंगलवार ०९:३४ मा प्रकाशित


Oli busy in Vijaya rally
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २६ मंगलवार । एमाले अध्यक्ष केपी शर्मा ओली विजर्य र्‍याली र कोणसभामा व्यस्त छन् । सोमबार राजधानीबाट गृह जिल्ला आएका ओली मंगलवार बिहानैदेखि आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानको सभामा सहभागी वनेका छन् ।
विहानैदेखि विजय याली र सभाहरुमा व्यस्त छन् । ओलीले सोमबार नै जिल्लाका सात स्थानमा सम्वोधन गर्न भ्याएका थिए । उनले भद्रपुर, धुलावारी, विर्तामोड, सुरुंगा र गृह नगर दमकमा सम्वोधन गरेका थिए । चुनावी अभियानमा विपक्षीविरुद्ध कडा रुपमा प्रस्तुत भएका ओली अहिले निक्कै विनयी रुपमा प्रस्तुत भइरहेका छन् ।
गौरीगञ्ज र गौरादहको विजय सभामा सम्वोधन गर्दै ओलीले वाम गठवन्धनको विजयपछि मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन् । ‘अव नयाँ सोच, नयाँ नीति र नयाँ योजनाका साथ देश विकासमा लाग्ने छौं,’ सयौं मतदातामाझ ओलीले थपे, ‘सदुपयोगको सिद्धान्त अनुसार हामी अघि वढ्ने छौं ।’ उनले जनताले चाहे अनुसारको सरकार बन्ने बताउँदै जनताका इच्छा र आकांक्षा अनुसार उक्त सरकार अघि वढ्ने दावी गरे ।
ओलीले मंगलबार नै झापा अर्जुनधारा स्थित सुखानी सहिद स्मृति पार्कमा झापा विद्रोहका सहिदहरुलाई माल्यार्पण गर्ने कार्यक्रम छ । ओलीका प्रेस संयोजक अधिकारीले भने, ‘सुखानी सहिदलाई माल्यार्पणपछि आजै राजधानी फर्किने कार्यक्रम छ ।’

प्रतिक्रिया