Bisal Chautari Logo

तिब्र गतिको मोटरसाइकल टाटामा ठोक्किँदा एकको मृत्यु

- २६ मंसिर २०७४, मंगलवार ०८:२३ मा प्रकाशित


One died when a speedy motorcycle collapsed
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २६ मंगलवार । मोटरसाईकल र टाटा मोबाइलसँग ठोकीदा एक जनाको ज्यान गएको छ । गएराती वनस्थली चोकमा भएका दुर्घटनामा पाल्पास्थित सिद्धेश्वर नगरपालिकाका निवासी खिमबहादुर बुढाथोकीको मृत्यु भएको हो ।
                                                                                                                             फाइल फोटो

बा६६प ४८५६ नं को मोटरसाइकल बा८च ९३१ नं को टाटा मोबाइलसँग ठोक्किएर पुनः बा२ज १३७६ नं को ट्याक्सीमा ठोक्किन पुगेपछि गम्भिर घाइते ३२ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको उपचारका क्रममा वीरअस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
सोही मोटरसाइकलमा सवार २८ वर्षीया तीलकुमारी राना र १२ वर्षीय बालक सुजन लुङ्गेलीको भने सोही सेन्टरमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दुर्घटनामा संलग्न सवारी साधन र तीनका चालक बालाजुस्थित महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा छन् ।

प्रतिक्रिया