Bisal Chautari Logo

चितवन ३ बाट प्रचण्ड विजयी

- २५ मंसिर २०७४, सोमबार ०७:०५ मा प्रकाशित


Prachand Victory from Chitwan 3
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २५ सोमवार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्। राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई ९ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रचण्ड प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
प्रचण्ड वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुन भने पाण्डे लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुन । प्रचण्डले ४६ हजार २६९ मत ल्याए भने वर्तमान वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले ३८ हजार ९४२ मत पाए।

प्रतिक्रिया