Bisal Chautari Logo

कञ्चनपुर १ मा स्वर्गीय प्रकाशकी श्रीमती बिना मगर फराकीलो मतान्तरले विजयी

- २५ मंसिर २०७४, सोमबार ०६:४७ मा प्रकाशित


Bina Majar Victory
विशाल चौतारी समाचार
कञ्चनपुर, २०७४ मंसिर २५ सोमवार । कञ्चनपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी साझा उम्मेदवार बिना मगर विजयी बनेकी छिन् । माओवादी केन्द्रकी नेतृ तथा पुष्पकमल दाहालकी बुहारी रहेकी बिनाले ३८ हजार ४६७ मत प्राप्त गरिन् ।
उनका निकटतम प्रतिद्वन्द्वी दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरे । बिना २०७० सालको चुनावमा पनि कञ्चनपुर १ बाटै उम्मेदवार बने पनि पराजित भएकी थिइन् ।
हालै पति प्रकाशलाई गुमाएकी बिना पतिवियोगका वावजुद चुनावी मैदानमा सक्रियताका सथा लागि परेकी थिइन् ।

प्रतिक्रिया