Bisal Chautari Logo

संगीताको ‘फूलजस्तै लाग्थ्यो माया’ विमोचित

- ६ बैशाख २०७१, शनिबार १४:४९ मा प्रकाशित


Sangita Rai Bayung
काठमाडौं, ६ बैशाख । लण्डनमा बसोबास गर्दै आईरहेकी गीतकार सँगीता बायुङ राईको ‘फूलजस्तै लाग्थ्यो माया’ नामक पहिलो गीति एल्बम विमोचित भएको छ । एल्बमको विमोचन नेपाली राष्ट्रगानका रचनाकार व्याकुल माईलाको प्रमुख आतिथ्यतामा व्याकुल माईला, सभासद यज्ञराज सुनुवार, प्राज्ञ शान्तिराम राई, बि.एफ.बि.एस. रेडियोका प्रमुख बिनोद खड्का, गीतकार सागीता बायुङ राई, मिस राई २०१२ की युमा राई, गीतकार टीका चाम्लिङले सायुक्त रुपमा बिमोचन गरे ।
केही दिन अगाडी काठमाडौमा एक औपचारीक कार्यक्रमको आयोजना गरी सो बिमोचन गरीएका थियो । वरिष्ठ सँगीतकार तथा प्राज्ञ शान्तिराम राईको एकल संगीत रहेको एल्बममा नेपालका चर्चित गायक गायिकाहरुको स्वर रहेको छ । संगीतकार शान्तिरामको एकल सँगीतको रहेको यो २२ औ एल्बम हो । एल्बममा अन्जु पन्त, उदय सोताङ, दिपक लिम्बु, प्रमोद खरेल, मिलन अमात्य, र मिस राई युमा राईकोपनि स्वर रहेको छ । 
एल्बम विमोचन कार्यक्रममा बोल्दै एल्बम बिक्रिबाट उठेको रकम मध्ये तीस प्रतिशत रकम ओखलढुागा जिल्ला स्थित राागादिप माध्यमिक विद्यालयलाई सहयोग गर्ने कुरा गीतकार सागीता बायुङ राईले जानकारी गराईन । गीतकार सँगीता बायुङ राईले जीवन भोगाईका क्रममा अनुभुत गरेका वास्तविक कुराहरुलार्इं गीतमा उतारेको कुरा व्यक्त गरिन् । सो कार्यक्रमा आफ्नी ७५ बर्षिय आमा चन्नीमाया राईले समेत छेरी बायुङलाई शुभकामना प्रदान गरिन् । कार्यक्रममा सबै अतिथीहरुले गीतकार तथा संगीतकार राई दुबैलाई गीत राम्रो बनेको भन्दै सुभकामना प्रदान गरे ।

add

प्रतिक्रिया