Bisal Chautari Logo

चुनावको बेला भूकम्प पीडितको त्रिपाल लुकाउने र चर्पी उद्घाटन गर्ने आरोप लगाएका मत गणनापछि यसरी अङ्कमाल

- २४ मंसिर २०७४, आईतवार ११:४३ मा प्रकाशित


Congratulations to Yagyaraj Sunuwar by Ramhari
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २४ आइतवार । ओखलढुंगामा प्रतिनिधीसभामा वाम गठबन्धनका उम्मेदवार एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवार विजयी भए । आइतबार विहान मत गणना सकिँदा सुनुवारले ५ हजार २ सय ५३ मतले उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडालाई पछि पारे ।
सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर भने, खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरेका छन् ।
एमालेका सुनुवार वाम गठबन्धनबाट र नेपाली कांग्रेसबाट रामहरी खतिवडा निर्वाचनमा आमने सामने भएका थिए। पराजित भएका रामहरीले यज्ञराजलाई अंगालो मारे। अनि बधाई दिए। प्रतिष्पर्धामा उत्रँदा रामहरीलाई यज्ञराजले भूकम्प पीडितको त्रिपाल लुकाएको आरोप लगाए। अनि रामहरीले यज्ञराजलाई चर्पी उद्घाटन गरेको आरोप लाएको थियो ।

प्रतिक्रिया