Bisal Chautari Logo

वडा अध्यक्षको उम्मेद्वार बन्न लायक नभएको भन्ने बाबुरामलाई यसरी बधाई दिए नारायणकाजिले

- २४ मंसिर २०७४, आईतवार ११:२३ मा प्रकाशित


Narayanakaji congratulated Baburam
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २४ आइतवार । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनका प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले बधाई दिएका छन् । आफु पराजयी भएपनि फोन गरेर बधाई आफ्ना प्रतिस्पर्धीलाई भट्टराई बधाई दिएको हो ।
श्रेष्ठ ६ हजार ८७४ मतान्तरले पराजित भएका छन् । भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् । प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित हो ।
निर्वाचन अघि भट्टराईले श्रेष्ठलाई ‘वडा अध्यक्ष‘ को उम्मेद्वार बन्न समेत लायक नभएको आरोप लगाएका थिए। अनि नारायणकाजीले पनि बाबुरामलाई ढुलमुले भएको आरोप लगाएका थिए। तर श्रेष्ठले निर्वाचन परिणामपछि राजनीतिक संस्कार देखाउँदै भट्टराईलाई बधाई दिए। सुरुवातदेखि नै गोरखा क्षेत्र नम्बर २ मा सबैको ध्यान गएको थियो ।

प्रतिक्रिया