Bisal Chautari Logo

पार्वत गुरुङ इतिहासकै मतान्तर रचेर विजयी, कति मत ल्याए ?

- २४ मंसिर २०७४, आईतवार ०६:४० मा प्रकाशित


Pravit Gurung won by convergence in history
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २४ आइतवार । प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले दोलखाका पार्वत गुरुङ विजयी भएरका छन् । उनले इतिहासकै सबैभन्दा बढी मतान्तरले विजयी कायम गरेका छन् ।
वाम गठबन्धनबाट संयुक्त उम्मेदवार रहेको गुरुङले आफ्ना प्रतिस्पर्धी काँग्रेसका रुद्रबहादुर खड्का भन्दा ३०,१५३ मतले विजयी भएर रेकर्ड कायम गरेको हो । उनले ५५,२५४ मत प्रप्त गरेका छन् । खड्काले २५ हजार ८०१ मत प्राप्त गरेका छन् ।
गुरुङले यो मत सम्भवत बहुदलपछिको निर्वाचनमा विजयी उम्मेदवारले पाएको सर्वधिक मत हो । यसभन्दा अगाडि पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट गोरखा २ बाट उम्मेदवार बनेका डा बाबुराम भट्टराईले ल्याएका थिए । त्यस्तै यो निर्वाचनमा अहिलेसम्मको परिणामलाई हेर्दा गुरुङ सबैभन्दा बढी मतान्तरसहित विजय हुने उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया