Bisal Chautari Logo

ललितपुरमा वाम गठबन्धनको पम्फा भुसाल विजय

- २३ मंसिर २०७४, शनिबार १०:५३ मा प्रकाशित


Pampha Bhusal Victory in Lalitpur
विशाल चौतारी समाचार
ललितपुर,२०७४ मंसिर २३ शनिवार । माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल लतिलपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएकी छन् ।
बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी भुसाल २४ हजार ३५ मत सहित निर्वा्चित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मदन बहादुर अमात्यले २२ हजार ३२९ मत ल्याएका छन् ।
ललितपुर–२ बाट पनि बाम गठबन्धनका कृष्णलाल महर्जनले २७ हजार ७१३ मत सहित जित हाँसिल गरिसकेका छन् भने क्षेत्र नम्बर १ मा बाम गठबन्धनकै उम्मेदवार नवराज सिलवालले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया