Bisal Chautari Logo

चर्चित नेताहरुको कसको कति मत ? (मतपरिणाम सहित)

- २३ मंसिर २०७४, शनिबार १०:३६ मा प्रकाशित


Do not know which of the leaders of the famous leaders
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २३ शनिवार । पहिलो र दोस्रो चरणको प्रतिनिधिसभाको अहिले देशभरी मत गणना जारी रहेको छ भने केहि स्थानको नतिजा आइपनि सकेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं ५बाट उमेदवार बनेका छन् । उनले अहिले सम्म १४ हजार ६ सय ८५ मत ल्याएर अगाडि छन् । उनीसंग प्रतिस्पर्धामा उत्रेका नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले ६ हजार ३ सय ९१ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ चितवन क्षेत्र नं ३ बाट निर्वाचनमा होमिएका छन् । उनले अहिलेसम्म ५७५६ ल्याएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३३५९ मत ल्याएका छन् ।
कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवा उम्मेदवार रहेको डडेलधुरामा मतगणना जारी रहेको छ । उनले अहिले सम्म १० हजार ९ सय ६० मत पाएका छन् ।उनीसंग प्रतिस्पर्धामा उत्रेका खगराज भट्टले ६हजार ५ सय ६८ मत पाएका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १बाट उमेदवार बनेका छन् । उनले अहिले सम्म १२हजार ६ सय ६४ मत पाएका छन् । उनी संग दोस्रोपटक भिडिरहेका कृष्णकुमार श्रेष्ठ १५ हजार ८ सय २४ मत ल्याएका छन् । पौडेल अहिले श्रेष्ठ भन्दा ३ हजार मतले पछाडि छन् ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बर्दिया १ नं क्षेत्रबाट उमेदवार बनेका छन् । उनले अहिले सम्म १४हजार ६ सय ८४ मत पाएका छन् । उनका प्रतिस्पर्धी संजयकुमार गौतमले १३ हजार ८२ मत पाएका छन् ।
नेपाली काँग्रेसका नेता शशांक कोइला नवलपरासी पूर्व १बाट उम्मेदवार छन् । उनले अहिले सम्म १० हजार ८ सय ७ मत पाएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ७ हजार ६ सय ५९ मत पाएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष भिम रावल अछाम क्षेत्र नं १बाट उमेदवार बनेका छन् । उनले अहिले ३ हजार ९ सय ७० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका भरतकुमार स्वाँर ३ हजार ६८ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका नारायाणकाजी श्रेष्ठ गोरखा क्षेत्र नं २ मा नयाँ शक्तिका बाबुराम भट्टाराइसंग प्रतिस्पर्धामा छन् । श्रेष्ठले अहिले सम्म २०हजार २ सय ७२ मत पएका छन् । नयाँ शक्तिका बाबुराम भट्राईले २४ हजार ३ सय ३ मत ल्याएका छन् ।
नेपाली काँग्रेसका सुनसरी ३ का उम्मेदवार विजयकुमार गज्छदारले ५ हजार १ सय ५७ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी भगवती चौधरीले ६ हजार ८ सय ३० मत ल्यार लिड गरी रहेकी छन् ।
धनुषा ३ नं क्षेत्रबाट नेपाली काँग्रेसका विमेलेन्द्र निधि १३ हजार ४ सय ५ मत ल्याएका छन् । राजपाका राजेन्द्र महतोले अहिले १५ हजार ३ सय ५१ मत ल्याएर लिड गरिहेका छन् ।
इलाम क्षेत्र नं २ बाट सुवासचन्द्र नेम्वाङले ६ हजार ५ सय ३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका केशव थापाले ४ हजार ६ सय ३६ मत पाएका छन् ।
नेपाली काँग्रेसका नेता रामशरण महत नुवाकोट क्षेत्र नं १बाट निर्वाचनमा होमिएका छन् । उनले अहिलेसम्म११ हजार ५ सय मत पाएका छन् । माओवादी केन्द्रका नेता हितबहादुर तामाङले १३ हजार ९ सय ८० मत ल्याएर महतलाई पछारीरहेका छन् ।
नेकपा एमालेका महासचिव इश्वर पोख्रेल काठमाडौं क्षेत्र नं ५ बाट उमेदवार छन् ।उनले अहिलेसम्म ४ हजार ९० मत ल्याएका छन् । काँग्रेसका प्रकाशशरण महतले २ हजार २ सय ६१ मत ल्याएका छन् ।
एमालेका माधवकुमार नेपाल काठामाडौं क्षेत्र नं २बाट उमेदवार छन् । उनले अहिले सम्म १३ हजार ८ सय ८० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका दिपक प्रसाद कुइकेलले ७ हजार २ सय ८२ मत ल्याएका छन् ।
एमालेका उपमहासचिव घनश्याम भुसाल रुपन्देही क्षेत्र नं ३बाट उमेदवार छन् । उनले अहिले १३ हजार ९ सय ९९ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका दीपक बोहराले ९ हजार २ सय ७९ मत ल्याएका छन् ।
झापा क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले ११ हजार ४८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी राप्रपाका राजेन्द्रप्रसाद लिङदेनले १५ हजार ६ सय ९० मत ल्याएका छन् ।
राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं १बाट १० हजार ३ सय ३८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कृष्ण प्रसाद दाहल ११ हजार ३ सय ६९ मतले ल्याएर अगाडि छन् ।
कैलाली क्षेत्र नं५बाट प्रधानमन्त्री पत्नी आराजु राणा देउवाले अहिले सम्म ७ हजार ९ सय ७० मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी एमालेका नारदमुनी रानाले ८ हजार ९ सय ९० मत ल्याएर देउवालाई पछाडि छोडेका छन् ।
यसैबीच केहि हेभिवेटको भने नतिजा आएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर जबरा एमालेका शेरबहादुर तामाङसँग पराजित भए । यस्तै विवेकशील साझाका रवीन्द्र मिश्र काठमाडौं १ मा प्रकाशमानसिंह पराजित भए । यता गगन थापा भने काठमाडौं ४ बाट विजयी भएका छन् ।

प्रतिक्रिया