Bisal Chautari Logo

रुकुममा जनार्दन शर्मा भारी मतले विजयी

- २३ मंसिर २०७४, शनिबार ०९:४४ मा प्रकाशित


Janardan Sharma Victory
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २३ शनिवार । रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका जनार्दन शर्मा भारी मत अन्तरले विजयी भएका छन् ।
शर्माले ३४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ६५९ मत ल्याएका छन् ।
यस्तै रुकुमको प्रदेश ९ख मा पनि माओवादी केन्द्रकै गोपाल शर्मा विजयी भएका छन् । शर्माले १८ हजार ६६० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका खड्ग डांगीले ८ हजार १२७ मत ल्याएका छन् ।
प्रदेश (क) बाट पनि माओवादीका रातो कामी विजयी भइसकेका छन् । यो संगै पूर्वी र पश्चिम दुवै रूकुम मा माओवादीका ६ जना उम्मेदवार नै विजयी भएका छन् ।

प्रतिक्रिया