Bisal Chautari Logo

जितपछि सडकबाटै गगन थापाले आलीलाई दिए यस्तो चुनैती (भिडियो सहित)

- २३ मंसिर २०७४, शनिबार ०७:५५ मा प्रकाशित


Gagan Thapa would be given to KP Oli
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २३ शनिवार । नेपाली काँग्रेसका युवा नेता गगन थापाले विजयीपछि सडकबाटै सम्बोधन गरको छ । उनले नेकपा अध्यक्षा ओलीलाई निर्वाचनमा धेरै सिट जितेकोमा बधाई दिएको छ ।
एमाले अध्यक्ष केपी ओलीले देखाएको अहंकारप्रति उनले चिन्ता ब्यक्त गरेका छन्। ओलीको अहंकारप्रति संयमित हुन उनले आग्रह गरे। ‘अहंकारको भारीले तपाइँलाई थिच्ला। संयमित भएर जनताप्रति उदरदायी हुन आग्रह छ,’ उनले ओलीलाई भने।
निर्वाचनमा भएको बम विस्फोटका घटनालाई ओलीले असम्वेदनशील रुपमा टिप्पणी गरेको उनले बताए। काँग्रेस त्यस्तो हिंसाको विपक्षमा रहने थापाको भनाइ थियो। घाइतेहरुको अपमान गर्नेगरी ओलीले अभिब्यक्ति दिएकोमा उनले चिन्ता व्यक्त गरे।
उनले कांग्रेसले देशभरि अपेक्षित परिणाम नपाएको भन्दै आफ्ना कार्यकर्तालाई संयमित र धैर्य रहन आग्रह गरेका छन्। उनले निर्वाचनका बेला सुनियोजित प्रोपोगान्डा गर्नेहरुलाई स्वच्छ राजनीतिमा आउन आग्रह गरेका थिए।

भिडियो हेर्नुहोस

https://youtu.be/W9FYvS0oDY8?t=240

 

प्रतिक्रिया