Bisal Chautari Logo

ताप्लेजुङमा बाम गठबन्धनका योगेश भट्टराई भारी मतान्तरले विजयी

- २३ मंसिर २०७४, शनिबार ०६:५६ मा प्रकाशित


Yogesh Bhattarai Victory
विशाल चौतारी समाचार
ताप्लेजुङ,२०७४ मंसिर २३ शनिवार । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएका छन् ।
भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी फराकिलो अन्तरमा बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका छन् ।
एमाले नेता भट्टराईको संसदीय चुनावमा यो पहिलो विजय हो । यस्तै प्रदेशसभा ‘क’ मा वामगठबन्धनका उम्मेदवार सुरेन्द्र साम्सोहाङ विजयी भएका छन्। उनले १५३१७ मत ल्याएर विजयी भएका हुन्। उनले कांग्रेसकी लिलादेवी बोखिमलाई हराएका हुन्। बोखिमले १० हजार ९७४ मत ल्याएकी थिइन्।

प्रतिक्रिया