Bisal Chautari Logo

बाबुरामले फराकीलो मतान्तर बनाउँदै, नारायणकाजी भन्दा कतिले अघि छ हेर्नुहोस

- २३ मंसिर २०७४, शनिबार ०६:२९ मा प्रकाशित


Baburam made a horrible difference
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २३ शनिवार । सुरुवातदेखि नै सबैको ध्यान गएको गोरखा क्षेत्र नम्बर २ मा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठसँग मत अन्तर बढाउँदै लगेका छन्। बिहान ११ बजेसम्ममा बाबुरामले चार हजारभन्दा बढी मतको अग्रता लिएका छन्।
                                                                                                                         फाइल फोटो

९० हजार ८२६ कूल मतदाता रहेको यस क्षेत्रमा हालसम्म ४७ हजार ३१५ मत गणना भइसकेको छ। पछिल्लो परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका भट्टराईले २४३०३ मत पाएका छन् भने वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नारायणकाजी श्रेष्ठले २० हजार २७२ मत पाएका छन्। यति मत गन्दा २ हजार १५३ मत बदर भएको छ।

प्रतिक्रिया