Bisal Chautari Logo

काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापाको विजयी

- २३ मंसिर २०७४, शनिबार ०६:०६ मा प्रकाशित


Gagan Tapa Victory
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २३ शनिवार । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका युवा तथा प्रभावशाली नेता गगन थापा विजयी भएको छ । वाम गठबन्धनका उम्मेदवार डा. राजन भट्टराईलाई पछि पार्दै विजयी भएको हो ।
सांसदमा निर्वाचित भएपछि भव्य र्‍याली निकालिएको छ । कांग्रेस समर्थक, कार्यकर्ताले थापाको जीत पश्चात काठमाडौंमा विजयी उत्सव मनाएका हो । थापाले भट्टराईलाई ३ हजार भन्दा बढी मतअन्तरले हराएका थिए । थापाले २१ हजार ५ सय ५८ मत ल्याएका थिए । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।

प्रतिक्रिया