Bisal Chautari Logo

बझाङमा प्रतिनिधि सभा र प्रदेश सभा दुबै तर्फ वाम गठबन्धनको विजयी

- २२ मंसिर २०७४, शुक्रबार ११:५२ मा प्रकाशित


The victory of the Bam alliance
विशाल चौतारी समाचार
बझाङ,२०७४ मंसिर २२ शुक्रवार । प्रतिनिधि सभा र प्रदेश सभा दुबै तर्फ वाम गठबन्धनले विजयी हासील गरेको छ । प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको सबै वाम गठबन्धनले जितेको हो ।
प्रतिनिधि सभामा एमालेका भैरब बहादुर सिंहले ३४ हजार ६ सय १२ मत ल्याई विजयी भए । प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका अर्जुन थापाले १७ हजार ८ सय ६८ मत ल्याएर विजयी भए ।
प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट माओवादी केन्द्रकी देवकी मल्ल थापा १६ हजार ७ सय ४३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बास्तोलाले बताए ।
प्रतिनिधि सभामा भैरब बहादुर सिंहका प्रतिदोन्दी उम्मेदवार नेपाली काँग्रेसका पृथ्वी बहादुर सिंहले २६ हजार ९ सय १० मत ल्याए । यस्तै, प्रदेशसभा १ मा नेपाली काँग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १ सय ९९ मत पाए पराजित भइन् ।
प्रदेश सभाको २ मा नेपाली काँग्रेसका नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याएर पराजित भए । बझाडमा प्रतिनिधि सभाका लागि सात वटा दलका ७ जना उम्मेदवार चुनावी मैदानमा थिए भने प्रदेश सभा १ मा ६ तथा प्रदेश सभा २ मा ४ दलका उम्मेदवार प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया