Bisal Chautari Logo

म्याग्दीको प्रदेशसभा क र ख दुबैमा वाम गठबन्धन बिजयी

- २२ मंसिर २०७४, शुक्रबार ०८:४३ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
म्याग्दी,२०७४ मंसिर २२ शुक्रवार । म्याग्दीको दुबै क्षेत्रबाट वाम गठबन्धन बिजयी भएका छन् । प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा (माओवादी केन्द्र)का विनोद केसी निर्वा्चित भएको हो ।
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई २५२९ मत अन्तरले पराजित गरेका छन् । केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी प्रदेशसभासदस्यमा क्षेत्र (ख)बाट एमालेकी नरदेवी पुन दश हजार ८६८ मत प्राप्त गरी विजयी भएको छ । प्रतिनिधिसभाको मतगणना पनि अन्तिमचरणमा पुगेको छ । प्रतिनिधिसभा सदस्यको मत गणामा एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ । नेकपा एमाले र (माओवादी केन्द्र)को वाम गठबन्धनबाट उम्मेदवार बनेकी पुनले दुई हजार ८७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गरेको हो ।

प्रतिक्रिया