Bisal Chautari Logo

६ स्थानमा बाम विजयी, २२ मा अगाडि, कहाँ कहाँ जित्यो ?

- २२ मंसिर २०७४, शुक्रबार ०७:२४ मा प्रकाशित


Bam won in 6 places
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २२ शुक्रवार । मंसिर १० र २१, दुई चरण्मा भएको चुनावको पारम्भिक मत परिणम आउनेद सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको मत गणनामा बाम गठबन्धनका उम्मेदवार पाँच स्थानमा विजयी बनेका छन् भने २२ स्थानमा अगाडि छन् ।
                                                                                                                               फाइल फोटो

प्रतिनिधि सभातर्फ एमाले १२ र माओवादी केन्द १० स्थानमा अगाडि छ । त्यस्तै प्रदेशतर्फ एमाले १० र माओवादी केन्द्र ८ स्थानमा अग्रता लिएको छ । मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । तुलाचन ३५४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याएका छन् ।
मुस्ताङमा पहिलो चरणमा मंसिर १० गते मतदान भएको थियो भने बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो । मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
रुकुम पूर्वमा कमला रोका विजयी भएकी छिन् । प्रतिनिधी सभा निर्वाचन तर्फ माओवादी केन्द्रले रुकुम पूर्वबाट खाता खोलेको हो । यसैबीच डोल्पा प्रदेश क मा वामगठबन्धनका उम्मेदवार नन्दसिंह बुढा विजयी भएका छन् ।
मनाङबाट कांग्रेसको खाता खोलेको छ। मनाङको प्रदेशतर्फ क मा कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले बिजयी भएका हुन ।

प्रतिक्रिया