Notices can be written in Facebook during the silent period
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर १९ मंगलवार । दोस्रो चरण मंसिर २१ मा हुने निर्वाचनका लागि आजदैदेखि मौन अवधि सुरु भएको छ । ४५ जिल्लामा मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ ।
फाइल फोटो
३२ जिल्लामा मंसिर १० गते नै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा चुनाव हुँदैन छ । मतदानको तीन दिनअघिदेखि नै आयोगले मौन अवधि सुरु भएको जनाएको हो ।
दल, उम्मेदवार, कार्यकर्ता, मतदाता सञ्चारमाध्यम लगायत कुनै व्यक्ति या संस्थाहरुले राती १२ बजेपछि चुनाव प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनाबको प्रचारप्रसार गर्न पाइँदैन ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । मौन अवधि सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ । चुनाव प्रचारको अन्तिम दिन आज सबै जसो दल र उम्मेदवारले आफ्नो अन्तिम चुनावी सभा गरेका छन् ।
प्रतिक्रिया