Bisal Chautari Logo

चन्दा नदिँदा कांग्रेसका कार्यकर्ताले अध्यक्षको गाडी तोडफोड

- १६ मंसिर २०७४, शनिबार ०७:०५ मा प्रकाशित


President’s car breakout
विशाल चौतारी समाचार
चितवन ,२०७४ मंसिर १६ शनिवार । चन्दा माग्दा नदिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले गाडी तोडफोड गरेका छन् । चितवनको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको कार तोडफोड गरेको हो ।
कांग्रेसका कार्यकर्ताले पार्किङ गरेर राखेको बा १५ च ६३५ नम्बरको कारमा तोडफोड गरेका हुन् । उनले रत्ननगर नगरपालिकाको वडा नम्बर १ बकुलहर चोकस्थित आफ्नै घर अगाडि पार्किङ गरेर राखेका थिए ।
पल्सर मोटरसाईकलमा आएका दुईजना कार्यकर्ताले पार्किङ गरेर राखेको कारमा ढुंगा हानेर भागेका थिए । अध्यक्ष रेग्मीले चन्दा नदिएकै कारण आफूमाथि आक्रमण भएको बताएको छ ।
राजनीतिक दलको संरक्षणमा कार्यकर्ताहरुले व्यवसायीहरुलाई चन्दाको नाममा आतंकित बनाउने काम गरेको भन्दै घटनाको अनुसन्धान गरी कारवाही गर्न प्रहरी प्रशासनसँग अध्यक्ष रेग्मीले माग गरेको छ ।

प्रतिक्रिया