Bisal Chautari Logo

रेखा र सुदर्शनको फेसबुकबाटै आईलभ यु, देखी चुम्मासम्म

- ७ बैशाख २०७१, आईतवार १३:५७ मा प्रकाशित


rekha thapa and sudarshan gautam love
काठमाडौं, ७ बैशाख । पछिल्लो समय सामाजिक सञ्जालले सबैलाई नजिक जोडिदिएको छ । यहि सञ्जाल मार्फत धरै किसिमका कुराहरु सुन्न पाइन्छ । यस्तै क्रममा आज आइतबार मात्र अभिनेत्री रेखा थापा र अभिनेता सुर्दशन गौतम बिच फेसबुकमै आइलभ यु देखी चुम्मा चुम्मी सम्म भयो । 
अभिनेत्री थापा केही दिन अगाडी एक कार्यक्रमका लागी भोजपुर जान अगाडी खिचिएको तस्बिरलाई फेसबुकमा अपलोड गर्दै अभिनेत्री थापाले मिस यु बाबा लेखेकी थिइन् । सोही तस्बिरको कमेन्टमा अभिनेत्री थापा र सुदर्शनको आईलभ यु देखी चुम्म समेत भएको हो ।  
चलचित्र ‘हिम्मतवाली’ अभिनेत्री रेखा थापा र यसै सिनेमामा अभिनय गरेका कलाकार सुदर्शन गौतमको दोहोर संवादले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । अभिनेत्री रेखा र सुदर्शनको सबैले देख्ने ठाउँ कमेन्ट बक्समा दोहोर संवादमा लेखिएका कुराहरु पर्सनल म्यासेस भन्दा कमका छैनन् । सोही तस्बिरमा कमेन्ट गर्दै सुदर्शनले लेखेका छन्,–‘पर्खाई, पर्खाई, पर्खाई । तिम्रो सुन्दर अनुहार हेर्न पखिर्रहेको छु । मलाई गाह्रो भैइरहेको छ, लभ यू’, सुदर्शनले लेखेका छन् । 
अभिनेत्री रेखालाई ‘कान्छु’को सम्वोधन गर्दै सुदर्शनले ‘तिमी विना एक मिनेट पनि विताउन निक्कै गाह्रो भैरहेको छ । म तिमीलाई टाढा पठाउनु परेकोमा माफी चाहन्छु । तिमीलाई धेरै मिस गरिरहेको छु’, सुदर्शनले लेखेका छन् । सुदर्शनको कमेन्टमा अभिनेत्री रेखाले रिप्लाई गर्दै  लेखेकी छिन्, – ‘तिमीले बुझ्यौ, धन्यवाद, धेरै माया छ, आफ्नो ख्याल राख्नु है’, रेखाले लेखेकी छिन् । फेरी सुदर्शनले खोइ के खोई के कान्छु….. आफ्नो राम्रोसंग ख्याल राख्नु भन्दै लभ यु लेखेका छन् । अभिनेत्री सो सुदर्शनको शब्दलाई कमेन्टलाई रेखाले लेखेकी छिन्, ‘खोई के खोइ के, मतलभ के ? मान्छे नकुटेको धेरै भयो । यतैबाट सुरु गरौ कि क्या हो बाबा । आई लभ यू टु सुधु’, अभिनेत्री थापाले लेखेकी छिन् । त्यही कमेन्टमा लेख्दै सुदर्शनले फेरि ‘कान्छु ल भोली भेटौला, म तिमीलाई एयरपोर्टमा कुर्नेछु । धेरै धेरै माया । चुम्मा, तिमी निक्कै राम्री देखिएकी छौ’, सुदर्शनले लेखेका छन् ।
दुबै हात नभएका क्यानडामा बस्दै आएका सुदर्शन र रेखाको प्रेम सम्बन्ध रहेको यो फेसबुक कमेन्टमा भएका कुराहरुलेपनि प्रश्ट्याएको छ ।

add

प्रतिक्रिया