Bisal Chautari Logo

एसिठ आक्रमण पछि रोकीएको रुकुमका २ मतदान केन्द्रमा मतदान जारी

- १५ मंसिर २०७४, शुक्रबार ०६:३९ मा प्रकाशित


Polling in 2 polling stations continues
विशाल चौतारी समाचार
रुकुम,२०७४ मंसिर १५ शुक्रवार । रुकुमको दुई मतदान केन्द्रमा मतादान भइरहेको छ । बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा आज पुनः मतदान भएको हो । गत मंसिर १० गते निर्वाचनको क्रममा मतपेटिकामा एसिड प्रहार भएपछि स्थगित भएको थियो ।
                                                                                                                            फाइल फोटो

दुवै मतदान केन्द्रमा शुक्रबार बिहानैबाट शान्तिपूर्ण मतदान भइरहेको जिल्ला प्रहरी कार्यलय रुकुमका डिएसपी राजेन्द्र धमलाले बताए । एसिड हालेको आशंकामा प्रहरीले काङ्ग्रेस कार्यकर्ता कल्पना केसी र केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
बाँफीकोटको रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा र आठबिसकोटको नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मतदान भइरहेको रुकुम पश्चिमको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया