Bisal Chautari Logo

इटहरीमा बम विस्फोट, १४ महिनाको बच्चासहित ४ घाइते

- १४ मंसिर २०७४, बिहीबार ०८:५८ मा प्रकाशित


Bomb blast in Itahari, 4 injured with a 14-month-old child
विशाल चौतारी समाचार
इटहरी ,२०७४ मंसिर १४बिहिवार । इटहरी उपमहानगरपालिा–९ स्थित भलाद्मी टोलमा बम विस्फोट भएको छ । बिस्फोटमा परी चार जना घाइते भएका छन्।
घाइते हुनेमा १४ महिनाको बच्चा यमन न्यौपाने, १६ वर्षीया सिर्जना अधिकारी, १६ वर्षीया समृना अधिकारी तथा ४० वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन्। घाइतेहरुमध्ये दुई जनालाई उपचारका लागि धरान लगिएको छ। दुई जनालाई विराटनगर लगिएको छ। घाइते भएकाहरु विस्फोट हुँदा बाटो छेउमा खेलिरहेका थिए।
काँग्रेसले चुनाबका लागि टोलस्तरको भेला आयोजना गरिरहेको ठाउँ नजिकै विस्फोट भएको हो। कार्यक्रमस्थल नजिकैको खाली जग्गामा विस्फोट भएको हो।

प्रतिक्रिया