Bomb blast targeting Minister Lalbabu Pandit
विशाल चौतारी समाचार
विराटनगर, २०७४ मंसिर १२ मंगलवार । चुनवी प्रचारका लागी घरदैलमा जाने क्रममा एमाले नेता एवम् चर्चित पूर्व मन्त्री लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट भएको छ । मंगलबार बिहान ९ बजेतिर नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार पण्डित चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको हो ।
फाइल फोटो
विराटनगरबाट बुढीगंगाका घरदैलो गर्न जाने क्रममा बम प्रहार भएको हो । पण्डित चढेको गाडी भन्दा झण्डै १० मिटर अगाडि बम विस्फोट भएकाले मानवीय क्षति नभएको पण्डितका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए ।
प्रहरीले घटना सामान्य भएको बताएको छ । मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले उम्मेदवारलाई तर्साउने गरी सुतली बम पड्काइएको बताए ।
प्रतिक्रिया