Bisal Chautari Logo

हुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना, चालकसहित सात जना घाइते

- १२ मंसिर २०७४, मंगलवार ०६:३४ मा प्रकाशित


Tara Air’s plane crash at Humla airport
विशाल चौतारी समाचार
हुम्ला,,२०७४ मंसिर १२ मंगलवार । तारा एयरको ९एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ । बिहान उडान भर्ने क्रममा विमान धावनमार्गबाट डिलमुनि खस्दा दुर्घटना भएको हो ।
विमानको अघिल्तिरको भागमा क्षति भएको छ भने पाइलटसहित सात जना घाइते भएका छन् । विमानका पाइलट वसन्त लामा रहेका थिए । घाइतेहरुको सिमिकोट अस्पतालामा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यलय हुम्लाको डिएसपी कमल नेपालले जानकारी दिएका छन् ।
उनका अनुसार विस्तृत विवरण आउँन बाकी रहेको छ । दुर्घटनामा परेको विमान यसअघि नेपाल एयरलाइन्सले चलाउँदै आएको थियो । यसलाई नै अहिले तारा एयरले सञ्चालन गर्दै आएको छ ।
सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेको थियो ।

प्रतिक्रिया