Bisal Chautari Logo

अमेरीकामा नोभेम्बर ५ ‘राई इज किङ डे’ घोषण भएपछि नेपालमा राजेशपायललाई सम्मानको ओइरो

- ११ मंसिर २०७४, सोमबार ०८:२१ मा प्रकाशित


rajesh payal rai on November 5 in the name of Rai’s king day in America
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर ११ सोमवार । केहि समया अगाडी मात्र अमेरीकामा सम्मानीत भएका राजेशपायल राई ‘राई इज किङ’लाई मिलाप म्यागजिनले सम्मान गरेको छ । उनलाई अमेरिकाको रोचेस्टर सिटीले सम्मान गर्दै ‘अन्तराष्ट्रिय पप गायक’ को उपाधि दिएको थियो । उपाधिसँगै उनको नाममा प्रत्येक ५ नोभेम्बरलाई ‘राई इज किङ’ को नाममा फेस्टिवल मनाउने घोषणासमेत गरेको थियो । त्यहि सन्र्दभमा उनलाई मिलाप म्याजिनले पनि सम्मान गरेको हो ।
एक नेपाली कलाकार, जसले अन्तराष्ट्रिय रुपमा चर्चा र सम्मान पाएपछि म्यागजिनले सम्मान गरेको मिलापका प्रधान सम्पादक कृष्ण भुषालले बताए । उनका अनुसार एक नेपाली कलाकारले अन्तराष्ट्रिय सम्मान र उपाधि पाएर पनि राज्यले वास्ता नगरेपछि पत्रकारहरुको तर्फबाट सम्मान गरिएको हो ।
नेपाली सांगीतिक क्षेत्रमा एकछत्र राज गर्दै आएका राजेशपायल अब नेपाली सांगीतिक क्षेत्रका मात्र नभएर ‘अन्तराष्ट्रिय गायक’ बनेका छन् ।
हरेक कार्यक्रममा यसरी सम्मानित भइरहदा उनको विवाहसँग सम्बन्धित कुरा जोडिन पुग्छ । उनले कहिले बाबुआमाको कारण देखाउने त कहिले आफ्नै व्यस्ततालाई कारण बिहे नभएको बताउदै आएका छन् । आइतबार सञ्चारकर्मीमाझ घेरिँदा फेरी विवाहकै कुरा चलेको छ । मिलाप पत्रिका तथा मिलाप न्युज डटकमले दिएको सम्मान थापेपछि विवाहकै कुरा उनले कोट्याए । ‘मैले सकैथोक पाएँ, तर जीवनमा एकथोक पाउन सकेको छैन । त्यो वा उनी कतै होलिन् ।’ उनले भने । गायक राईलाई चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, निर्वतमान अध्यक्ष अध्यक्ष शान्तिप्रिय, इतिहासविद् तथा प्राडा सुरेन्द्र केसी, नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष शान्ताराम विडारी, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, अन्तर्रा्ष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीलगायतले बधाई दिएका थिए । गीतकार राम रेप्चुङ राई, लगायतले पनि राजेशपायललाई शुभकामना तथा बधाई दिएका थिए ।

भिडीयो हेर्नुहोस

प्रतिक्रिया