Bisal Chautari Logo

मह कढ्न जादा माहुरीले टोकेपछि लडेर मृत्यु

- ११ मंसिर २०७४, सोमबार ०६:०० मा प्रकाशित


The beast dies after the hat
विशाल चौतारी समाचार
दाङ, २०७४ मंसिर ११ सोमवार । जंगली माहुरीको मह काढ्न गएका एकजना व्यक्तिको लडेर मृत्यु भएको छ भने थप एकजना गम्भीर घाइते भएका छन् ।
                                                                                                                        फाइल फोटो

घोराही उपमहानगरपालिका वडा नं ९ कर्मटिया निवासी ४५ वर्षीय रेञ्जलाल चौधरी घर नजिकै सिमलको रुखमा जंगली माहुरीको मह काढ्न गएका बखत लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चौधरी आफ्नो घरनजिकैको सिमलको रुखमा चढेर मह काढ्ने क्रममा माहुरीले टोकेपछि लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।
त्यस्तै मह काढ्न गएकै समयमा लमहीमा अर्का एकजना व्यक्ति लडेर गम्भीर घाइते भएका छन् । लमही नगरपालिका वडा नं ७ कमनपुस्थित सम्राट श्रीमेन्ट उद्योगको तीनतले भवनमा मह काढ्न गएका स्थानीयवासी २४ वर्षीय बुद्धिराम चौधरी लडेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया