Bisal Chautari Logo

मतपेटिकामा एसिड आक्रमण, कांग्रेसको प्रतिनिधि पक्राउ

- १० मंसिर २०७४, आईतवार ०९:२१ मा प्रकाशित


Acid Invasion In the ballot box
विशाल चौतारी समाचार
रुकुम,२०७४ मंसिर १० आइतवार । रुकुमा मतपेटिकामाथि एसिड आक्रमण भएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि मतदान केन्द्र ‘ख’ को समानुपातिक तर्फको मतपेटिकामा एसिड आक्रमण भएको हो।
उक्त मतदान केन्द्रका निर्वाचन अधिकृत कृष्ण शर्माका अनुसार समानुपातिक तर्फको मतपेटिकामा अज्ञात व्यक्तिले एसिड हालेका हुन्। एसिड हाले लगत्तै समानुपातिकको मतदान रोकेर प्रत्यक्ष तर्फको मतदान सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपाली कांग्रेसका प्रतिनिधि केशव खड्कालाई नियन्त्रणमा लिएको छ।
यसअघि पश्चिम रुकुमको बाफीकोट गाउँपालिका ५ काँडामा रहेको रत्न आधारभूत विद्यालयको ‘क’ केन्द्रको प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिएकाबाट धुँवा आएपछि मतदान स्थगित भएको थियो।
एक्कासी मतपेटिकाबाट कसरी धुँवा आयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अज्ञात व्यक्तिले एसिड हालेको हुनसक्ने आशंका कर्मचारीले गरेका छन्।

प्रतिक्रिया