Bisal Chautari Logo

भिडियोमा लाहुरे व्याथा (फोटो फिचर सहित)

- ७ बैशाख २०७१, आईतवार १७:१० मा प्रकाशित


dabbu kshetri music vidio
काठमाडौं, ७ बैशाख । बिदेशी सेनामा जागिर खाने नेपाली लाहुरेले परिवारलाई समय दिन नसक्दाको पीडा छुट्टै हुन्छ । यस्तो पीडा अब म्युजिक भिडियोमा देख्न पाईने भएको छ ।
डिजाईजी नवराज सिलवालले यस्तै पीडा समेटेर लेखेको गीत ‘अरुले लाहुरे भने पनि तिमीले पराई नठानी दिनु’को म्युजिक भिडियोमा अब लाहुरेको पीडा देख्न पाईने भएको छ । यो पीडालाई चलचित्र निर्देशक एवा सञ्चारकर्मी डब्बु क्षत्रीले म्युजिक भिडियोमा उतारेका हुन् । जसलाई शनिबार छायाँकन गरियोको छ ।
सुरेश अधिकारीको सागीत रहेको यो कर्णप्रिय गीतमा मोहन राईको स्वर रहेको छ । म्युजिक भिडियोमा विमलेश अधिकारी, सारिका घिमिरे र कुमार सिंह महर्जनले मोडलिङ गरेका छन् । जसलाई बिदूर पाण्डेले छायाँकन गरेका हुन् । प्रकाश तुलाधरले सम्पादन गरिरहेको यो भिडियो भिडियो बैशाखको दोस्रो साताबाटै रिलिज गर्ने निर्देशक क्षत्रीले बताएका छन् । 

add

प्रतिक्रिया