KP Oli and Krishna Sitala will not be able to vote for themselves
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०५ मंगलवार । मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा झापा ५ का उम्मेदवार एमाले अध्यक्ष केपी ओली, झापा ३ बाट कांग्रेस नेता कृष्ण सिटौला र झापा १ मा वाम गठबन्धनका माओवादी उम्मेदवार राम कार्कीले आफैंलाई मत दिन पाउँदैनन् ।
फाइल फोटो
ओलीले आफ्नो मतदान अधिकार भक्तपुर सारेका छन् । उनले भक्तपुर २ मा मतदान गर्नुपर्ने छ । कांग्रेस पूर्वमहामन्त्री सिटौलाको मतदाता नामावली झापा ३ मै छ । तर, उनको नाम भएको भद्रपुर १० यसपटक झापा १ मा समावेश भएपछि उनले पनि आफैंलाई मत दिन पाउने छैनन् । यसपटक उनले झापा १ का उम्मेदवार विश्वप्रकाश शर्मालाई मत दिनेछन् ।
झापा १ का उम्मेदवार राम कार्कीको नामावली काठमाडांै १ मा भएकाले उनले पनि आफूलाई मत दिन पाउने छैनन् । उनले वाम गठबन्धनका उम्मेदवार अनिल शर्मालाई मत दिने बताए ।
प्रतिक्रिया