Bisal Chautari Logo

दाङमा विप्लवका बाह्र कार्यकर्ता पक्राउ, सुरक्षा ब्यवस्थामा कडाइ

- ४ मंसिर २०७४, सोमबार १०:३५ मा प्रकाशित


Arrested 12 in Dang
विशाल चौतारी समाचार
दाङ २०७४ मंसिर ०४ सोमवार । दाङमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको बाह्र जना कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचनबिरोधी गतिबिधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
                                                                                                                               फाइल फोटोे

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले पक्रउ गरेको हो । पक्रउ पर्नेमा युवक संगठनका केन्द्रीय सदस्य पाटन, पार्टीका जिल्ला सदस्यहरु निमबहादुर, भीम राना, छोटीलाल चौधरी, कार्यकर्ताहरु डिबी बोहरा, रिम बिम, चेतबादुर टमटा, आकाश बिक, डण्डीराम केसी, बिजय बिक, शान्तु चौधरी र भागीराम चौधरी रहेका छन् ।
उम्मेदवारलाई लक्षित गरि बम आक्रमण बढेपछि दाङ प्रशासनले पनि सुरक्षा व्यवस्थालाई कडा पारेको हो । त्यसैगरी होटल सञ्चालन र मदिरा बिक्रिमा समेत प्रशासनले कडाइ गरेको छ । शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिनुका साथै जोखिम क्षेत्रमा सुरक्षाकर्मी परिचालन बढाएको दाङ प्रहरीले जनाएको छ । जिल्ला सुरक्षा समितिले नेपाल भारत सिमानादेखी चुनाब खारेजीको माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता माथी उच्च निगरानी बढाएको छ ।
चुनावी अभियानमा सुरक्षाका लागि दाङमा प्रहरीले कडा व्यवस्था गरेको छ । मन्त्री, पूर्ब मन्त्री सहित उच्च नेता सहित माग भए बमोजिम अन्य उम्मेदवारहरुलाई व्यक्तिगत सुरक्षा गार्डको व्यवस्था प्रहरीले गरेको छ । उम्मेदवारको सुरक्षाका लागि माग भए बमोजिम व्यवस्था गरिएको एसपी दुर्गा्सिंहले जानकारी दिए । अहिलेसम्म १२ जना उम्मेदवारले व्यक्तिगत सुरक्षाकर्मी लिएको छ ।

प्रतिक्रिया