Bisal Chautari Logo

गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु, अरनिको राजमार्ग अबरुद्ध

- ४ मंसिर २०७४, सोमबार १०:०४ मा प्रकाशित


The pedestrian death of the vehicle
विशाल चौतारी समाचार
काभ्रे २०७४ मंसिर ०४ सोमवार । गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा(१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
विष्टका आफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । स्थानीयको भिडलाई नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ ।
ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीले सडकमा फुटपातको व्यवस्था गर्न, सडकमा ट्राफिक विटको व्यवस्था गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया