Attack on the worker, three injured, two arrested
विशाल चौतारी समाचार
नुवाकोट २०७४ मंसिर ०४ सोमवार । वमा गठबन्घनका कार्यकर्तामाथी कांग्रेसका कार्यकर्ताले आक्रमण गर्दा तीन जना गम्भीर घाइते भएका छन्। निर्वाचन प्रचार कार्यक्रम गरेर फर्कने क्रममा नुवाकोटको उत्तरी भेगमा रहेको फिकुरीमा आक्रमण गरेको हो ।
आक्रमणमा परी वामगठवन्धनका ३७ वर्षीय माधव न्यौपाने, ३८ वर्षीय उमाकान्त भट्ट र २७ वर्षीय दीपक भट्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिए। तीनै जनाको सदरमुकाममा विदुरमा रहेको नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीले घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरि कारवाही सुरु गरेको छ। किस्पाङ गाउँपालिका वडा नं. २ फिकुरीमा आइतबार राति वाम गठवन्धनको निर्वाचन प्रचार कार्यक्रम गरेर फर्कने क्रममा वाम कार्यकर्ताहरुमाथि बाटोमा लुकेर बसेका लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताहरुले आक्रमण गरी घाइते बनाएको प्रत्यक्षदर्शी बीरवल तामाङले जानकारी दिए।
घटनामा संलग्न भएका तीन जनालाई नुवाकोट प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ। प्रहरीले किस्पाङ गाउँपालिका वडा नं. ३ का २३ वर्षीय सन्तबहादुर लामा र रसुवाको उत्तरगया गापा वडा नं. ३ का ३१ वर्षीय सुनिल लामालाई पक्राउ गरी कारवाही सुरु गरेको नुवाकोट प्रहरीले जनाएको छ।
प्रतिक्रिया