Socket bombs at the door of the election office
विशाल चौतारी समाचार
मलेखु, धादिङ, २०७४ मंसिर ०३ आइतवार । जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज फेला परेको छ ।
फाइल फोटो
कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको हो । कार्यालयको ढोकामै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछार बजार क्षेत्रलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । निर्वाचन बहिष्कार गर्ने नेकपाले बम राखेको केसीको भनाइ छ ।
कार्यालयमै बम भेटिएपछि त्यहाँको कामसमेत प्रभावित भएको छ । बम निष्क्रिय पार्न नेपाली सेनाको टोलीले प्रयास गरिरहेको छ ।
प्रतिक्रिया