Bisal Chautari Logo

प्रचण्को एक मात्र पुत्र प्रकाश दाहालको निधन

- ३ मंसिर २०७४, आईतवार ०५:२८ मा प्रकाशित


Prakash Dahal died
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०३ आइतवार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको छ । आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल भर्ना गरिएको प्रकाश दाहालको हृदयाघातको कारण मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।


अस्पताल स्रोतका अनुसार प्रकाश दाहाललाई पौने ६ बजे अस्पताल ल्याइपुर्याए पनि प्रारम्भिक रिपोर्टमा १ बजे नै पहिलो स्ट्रोक भएको देखिएको छ । यता, आमा सीता दाहालको पनि स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरको एक टोली लाजिम्पाट पुगेको छ ।
वाइसीएलका अध्यक्ष दीपशीखाले दिएको जानकारी अनुसार प्रचण्ड बिराटनगरबाट काठमाडौँ आउँदैछन् भने पत्नी बिना मगर कञ्चनपुरबाट काठमाडौँ आउँदैछिन् । त्यस्तै, दिदी रेणु दाहाल पनि चितवनबाट काठमाडौँ आउँदैछिन् । यति बेला अस्पतालमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको बाक्लो भीड रहेको छ । प्रकाश प्रचण्डका एक्लो छोरा हुन् । तीन छोरी रहेकोमा जेठी छोरी ज्ञानु दाहालको क्यानसर रोगबाट निधन भएको थियो ।

प्रतिक्रिया