Bisal Chautari Logo

दोस्रो ‘कभर गीत अनलाइन सिङगिङ कम्पिटिसन–२०७४’मा १६६ जना छनौट

- २ मंसिर २०७४, शनिबार ०५:१५ मा प्रकाशित


online cover song singing competition 2074/2017 SEASON 2
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ मंसिर १, शनिबार । साङ्गीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपको पहिलो अभियान सफल भएपछी दोस्रो अभियान ‘एतिहासिक अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४ सिजन–२’ हुने भएको छ । करिव ५ सय भन्दा बढी प्रतिस्पर्धीहरुले फारम भरेकोमा १६६ जना मात्र छनौट भएका छन् ।
विशाल चौतारी मिडिया प्रा.लीको आयोजनामा भइरहेको ‘दोस्रो अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’मा पहिलो एपिसोड मंसिर १ देखि मंसिर २९ सम्म हुनेछ । यो अडिसनको रिजल्ट पुस महिनाको ७ गते हुनेछ ।

यस प्रतियोगिताको निर्णायकहरुमा राष्ट्रको पहिलो नेपाल आइडल विक्रम राई, गायक तथा मोडल रुकमान लिम्बु, गायक तथा संगीतकार विनोद खम्बु, गायक पदम राई र गायक आशुततोष राई रहेका छन् ।
पहिलो एपिसोडमा गायिका तथा मोडल यशोदा खालिङ राईको स्वरमा सजिएको गीत ‘नशालु तिम्रो हेराइले’ बोलको गीत प्रतिस्पर्धीहरुले गाउनुपर्ने छ । फिमेल भर्सन हुने यो गीतलाई दिनेश न्यौपानेले संगीत गरेका छन्, भने आसुतोष राईको शब्द रहेको छ ।
मेल भर्सनमा भने पहिलो नेपाल आइडल बिक्रम राईको स्वरमा रहेको ‘तिमीलाई माया गर्न पाउ’बोलको गीत रहेको छ । यस गीतलाई गायक स्वयम विक्रमले नै संगीत दिएका छन्, भने निलम आङबुहाङ राईको शब्द रहेको छ ।
दोस्रो एपिसोड–फिमेल भर्सनमा गायिका यशोदा खालिङ राईकै स्वरमा रहेको ‘खबर केही छैन’ बोलको गीत रहने छ । यस गीतमा सबिन लिम्बूको संगीत रहेको छ, भने ममता राईको शब्द रहेको छ । त्यस्तै दोस्रो एपिसोड–मेल भर्सनमा युवा गायक तथा मोडल रुकमान लिम्बुको स्वरमा रहेको ‘तिमीलाई म के भनु’ बोलको गीत रहेको छ । यस गीतमा डम्बर नेपालीको शब्द संगीत रहेको छ ।
थर्ड एपिसोड – फिमेल भर्सनमा मेलिना राईको स्वरमा रहेको ‘सम्झी सम्झी बोलको गीत समावेश हुनेछ । ममता राईको शब्द रहेको यस गीतमा सविन लिम्बुको संगीत रहेको छ । थर्ड एपिसोड – मेल भर्सनमा भने युवा गायक पदम राईको स्वरमा रहेको ‘राम्रीमा राम्री’बोलको गीत समावेश गरिएको छ । यस गीतमा समिर लिम्बुको संगीत रहेको छ, भने भक्त सुनुवारको शब्द रहेको छ ।
‘एतिहासिक अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४ सिजन–२’ विजेताले प्रमाणपत्रको साथमा २५ हजार नगद पुरस्कार जित्नेछन् । साथमा गीतकार ममता राईको शब्दमा एउटा गीत रेकर्डपनि गराइनेछ । त्यस्तै फस्ट रनरपले प्रमाणपत्रको साथमा १५ हजार जित्नेछन् । फस्ट रनरपलाई पनि विष्णु पोल्वाङछा चाम्लिङको शब्दमा एउटा गीत रेकर्ड गराइनेछ ।
त्यस्तै सेकेन्ड रनरपले प्रमाणपत्रको साथमा २५ हजार नगद पुरस्कार जित्नेछन् । यस आवरण गीत गायन प्रतियोगितामा महिला र पुरुषका आवरण गीत रहनेछ । सिजन १ का फस्ट रनरप र सेकेन्ड रनरपले पनि यस आवरण गीत गायन प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
विशाल चौतारी मिडिया प्रा.लीको आयोजना भइरहेको प्रतियोगिताको प्रायोजकहरुमा साङ्गितिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपका बिष्णु पोल्वाङ्छा चाम्लिङ, पुर्ण खालिङ राई, राज मादिहाङ, मनकुमार साम्पाङ राई, राजेशपल लिङ्दम लिम्बू, बाबू राई, कैलाशमान राई, ममता राई, गंगा राई, सञ्जु लिम्बू, यशोदा खालिङ राई, लब्ली सुजु साम्पाङ राई, रोशनी गुरुङ र सुमि लाबुङ लिम्बू रहेका छन् ।

प्रतिक्रिया