Bisal Chautari Logo

ओनसरी घर्ती र कृष्णबहादुर महरा चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

- १ मंसिर २०७४, शुक्रबार ०९:४३ मा प्रकाशित


Bomb blast
विशाल चौतारी समाचार
रोल्पा, २०७४ मंसिर ०१ शुक्रवार । चुनावी अभियानका क्रममा रोल्पा सदरमुकाम लिवाङ जाँदै गरेका बाम गठबन्धनका उम्मेदवारहरु चढेको गाडीलाई लक्षित गरेर रोल्पामा फेरि बम प्रहार भएको छ। सदरमुकाम नजिकै भदौरे जंगलको घुम्तीमा बम बिस्फोट गराइएको हो।
लिवाङमा आयोजित आमसभालाई सम्बोधन गर्न गइरहेका निर्वतमान सभामुख ओनसरी घर्ती, माओवादी नेताहरू कृष्ण बहादुर महरा वर्षमान पुन लगायत प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वारहरू चढेकोे गाडीलाई लक्षित गर्दै रोल्पा सदरमुकाम नजिकै बम बिस्फोट गराइएको हो ।
नेताहरू दाङ हुँदै रोल्पाको चुनावी सभामा आउँदै गर्दा बिष्फोट गराइएको प्रहरीले जनाएको छ। ‘क्यान जुसको बट्टाभित्र बम तयार गरी बिष्फोट गराइएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।’ प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए। प्रहरीका अनुसार सो स्थान वरपर सर्च सुरु गरिएको छ।

 

प्रतिक्रिया