Targeting Ramsharan Mahat to attack the bomb
विशाल चौतारी समाचार
नुवाकोट, २०७४ मंसिर ०१ शुक्रवार । नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ । महतलाइककनी गाउँपालिका–५ डाडाँगाउँमा चुनावी प्रचारमा जाने क्रममा केहीबेरअघि बम प्रहार गरिएको हो ।
बम प्रहार हुँदा कांग्रेसका कार्यकर्ता उपेन्द्र मिश्र, सविन लामा, यसकुमार तामाङ, लिला घर्ती मगर गम्भीर घाइते भएको प्रमुखु जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए । चुनावी प्रचारमा प्रयोग गरिएको बा १६ च ६६५ को जीपमा पूर्णरुपमा क्षति पुगेको छ । घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।
बम विस्फोट गराउनेको खोजबिन भइरहेको प्रहरीले जानकारी दिएको छ । विष्फोट कसले गराएको भन्ने पुष्टी भइनसकेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया