Bisal Chautari Logo

नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम बिष्फोट

- ३० कार्तिक २०७४, बिहीबार १०:५८ मा प्रकाशित


Bomb blast targeting Narayanakji Shrestha
विशाल चौतारी समाचार
गोरखा, २०७४ कात्तिक ३० बिहिवार । वाम गठबन्धनको प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडी लक्षित गर्दै बम बिष्फोट भएको छ । बाह्र किलोमा गठबन्धनको वैठकमा सहभागी भएर फर्किने क्रममा गोरखा नगरपालिका १० को सर्भी खोला नजिकै माइन बम बिष्फोट भएको हो । बम बिष्फोट भए पनि कुनै क्षति भने भएको छैन ।
                                                                                                                         फाइल फोटो

वाम गठबन्धनको चुनावी प्रचारमा एमाले नेता विकलकुमार श्रेष्ठ समेत हिंडेका थिए । वाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठ र प्रदेश सभाकी उम्मेदवार कमला नहर्की सँगै थिए । नहर्कीले आफ्नो गाडी नजिकै बम बिष्फोट भएको जानकारी दिइन् ।
गोरखाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले आफू घटनास्थल जाँदै गरेको बताएका छन् ।

प्रतिक्रिया