Bomb blast near KP Oli and Prachand’s election house
विशाल चौतारी समाचार
बाग्लुङ, २०७४ कात्तिक ३० बिहिवार । बाम गठबन्धनको चुनावी सभाका लागि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिक बम बिस्फोट भएको छ।
गलकोट नगरपालिका ३ स्थित गलकोट बहुमुखी क्याम्पस नजिकै बम पड्केको हो । दिउँसो १ बजे कार्यक्रम स्थलदेखि १० मिटर पर फोहोर फाल्ने स्थानमा बम पड्केको प्रहरीले बताए । ठूलो आवाज सहित पड्केपछि प्रहरीले थप सुरक्षाकर्मी बढाएको छ । बाम गठबन्धनले बिहिवार क्याम्पसमै आमसभा राखेको छ ।
प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले सामान्य प्रकारको बम पड्केको प्रतिक्रिया दिएका छन् । बिष्फोटबाट कुनै क्षति भएको छैन । कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आउने कार्यक्रम छ ।
प्रतिक्रिया