Bisal Chautari Logo

लियोनार्दो दा भिन्चीको चित्रकला’ ४५ करोड डलरमा विक्री

- ३० कार्तिक २०७४, बिहीबार ०७:५० मा प्रकाशित


Leonardo Da Vinci’s painting ‘sold at $ 45 million
एजेन्सी
काठमाडौँ, २०७४ कात्तिक ३० बिहिवार । लियोनार्दो दा भिन्चीले बनाएको ठानिएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला न्यूयोर्कमा ४५ करोड डलरमा विक्री भएको छ।
उक्त चित्रकलाको नाम ’स्यालभेटर मुण्डी’ (सेभिएर अफ द वर्ल्ड) हो। कुनै पनि कलालाई दिइएको यो हालसम्मकै उच्च लिलामी मुल्य हो। विक्रिको घोषणा हुँदा न्यूयोर्कीस्थत क्रिष्टीको लिलामी कोठामा मानिसहरुले ताली बजाएका थिए र खुसी व्यक्त गरेका थिए।
लियोनार्दो दा भिन्चीको मृत्यु सन् १५१९ मा भएको थियो र उनका २० भन्दा कम चित्रकला अस्तित्वमा छन्। ती मध्ये स्यालभेटर मुण्डी नामक चित्रकला सन् १५०५ मा बनाइएको ठानिएको छ।
उक्त चित्रकलाका लागि अन्तिम मुल्य ४० करोड डलर तोकिएको थियो। परिचय नखुलेका ग्राहक २० मिनेटसम्म चलेको लिलाम बढाबढमा टेलिफोनमार्फत सहभागी भएका थिए।
चित्रकलामा क्राइस्टको एउटा हात उठेको र अर्को हातले सिसाको गोलाकार वस्तु समातेको देखिन्छ।

प्रतिक्रिया