Bisal Chautari Logo

नेपालकै होचा कलाकार ‘दिपेन सर’ को निधन

- ३० कार्तिक २०७४, बिहीबार ०६:३७ मा प्रकाशित


Death of Nepal’s short artist ‘Deepen Sir’
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ३० बिहिवार । नेपालकै होचो कलाकार दिपेन शहाको निधन भएको छ । उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।
                                                                                                                        फाइल फोटो

हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका थिए । उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेका छन् । नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए ।
धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए । पारिवारिक स्रोतका अनुसार उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए ।

प्रतिक्रिया