Bisal Chautari Logo

राजेशपायल युरो एसियाको ब्राण्ड एम्वेसडरमा नियुक्त

- ८ बैशाख २०७१, सोमबार १३:०५ मा प्रकाशित


rajesh payal rai euro asia brand ambassador
काठमाडौं, ८ बैशाख । युरो एसिया एजुकेशन कल्सल्टेन्सी प्रा.ली का लागी नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्वर एक गायक ब्राण्ड एम्वडरमा नियुक्त भएका छन् । एसियाका प्रवन्धक सञ्चालक सुर्य बहादुर डागीका साथ एक औपचारीक कार्यक्रमको आयोजना गरि केही दिन अगाडी मात्र गायक राईलाई १ वर्षको लागी ब्राण्ड एम्वेस्डरमा हस्ताक्षर गराइएको छ । 

पछिल्लो समय विभिन्न कार्यक्रमहरुमा ब्यास्त रहेका गायक राजेशपायलले ब्राण्ड एम्वेस्डरका लागी २ लाख रकम सहित हस्ताक्षर गरेको बताइएको छ । तर गायक राईलाई यस बारेमा बुझ्न खोज्दा रकमको बारेमा खुल्न चाहेनन् । 

प्रतिक्रिया