Bisal Chautari Logo

निर्वाचन सामाग्री जिल्ला सदरमुकाममा पुग्यो

- २९ कार्तिक २०७४, बुधबार ०७:३४ मा प्रकाशित


Election materials reached the district headquarters
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २९ बुधवार । पहिलो चरणको चुनावका लागि आवश्यक सामाग्री सम्बन्धित ३२ वटै जिल्ला सदरमुकाममा र्पुयाइसकिएको निर्वाचन आयोगले जनाएको छ।
                                                                                                                       फाइल फोटो

विकट जिल्लाहरुमा मतपत्र जस्ता संवेदनशील सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएका छन्। आयोगका अनुसार दोस्रो चरणको निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ।
आवश्यक ६४ देखि ६७ प्रकारका निर्वाचन सामाग्रीमध्ये केही स्थानीय तहमै खरिद गरिएको र मतपत्र जस्ता संवेदनशील मानिएका सामाग्री केन्द्रबाट पठाइसकिएको निर्वाचन आयोगका अधिकारीले बताएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, “स्वस्तिक छाप, मसी, नङमा लगाउने मसी, स्ट्याम्प प्याड, मतपत्र, सीलहरु, छेकाबारा जस्ता संवेदनशील सामग्री जिल्ला पुगिसकेका छन्। दोस्रो चरणका सामाग्री भने लैजाने क्रममा छ।“
पहिलो चरण अन्तर्गत ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्र अन्तर्गत ४५ सयभन्दा बढी मतदान केन्द्रमा मतदान हुनेछ। मंसिर १० गते हुने सो निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा ९ जनासम्म कर्मचारी रहने बताइएको छ।

प्रतिक्रिया