Bisal Chautari Logo

‘मेरो बेष्ट फ्रेन्ड’को अडियो विमोचन

- ८ बैशाख २०७१, सोमबार १६:५४ मा प्रकाशित


MERO BEST FRIEND
काठमाडौं, ८ बैशाख । बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’को काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी प्रोमो र गीत सार्वजनिक गरेको छ । 
चलचित्रको अडियो प्रोमो तथा विमोचन चलचित्रका अभिनेत्रीद्धय प्रियंका कर्की, केकी अधिकारी, अभिनेता रेश महरठ्ठा, दिवश उप्रेती, चलचित्र निर्माता प्रजिता बज्राचार्य, निर्देशक प्रशन्न पौडेल, गायकद्धय सुगम पोखरेल र प्रमोद खरेल, गायिका मिलन अमात्य, कलाकार निर्मल शर्मा ‘गैडा’ लगायतले सामुहिक रुपमा विमोचन गरेका थिए । चलचित्रमा सुगम पोखरेल, प्रमोद खरेल, अशुसेन लामा, राजन इशानले संगीत दिएका छन् । चलचित्रमा ५ गीत समावेश गरिएको छ ।
आशावादी फिल्मस्को ब्यानरमा तथा प्रजिता बर्जचार्यले निर्माण गरेको चलचित्रको कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंकाले अभिनयका हिसाबले आफ्नो पहिलो सिनेमा भएतापनि खुबै मिहिनेत गरेको बताउँदै, यही चलचित्रको सुरुवातबाट आफुलाई नेपाली चलचित्र क्षेत्रमा सफल्ता मिलेको बताइन् । त्यस्तै अर्की अभिनेत्री केकीले आफ्नो भूमिका चलचित्रमा छोटो भएपनि फरक रहेको बताइन् । 
यस्तै कार्यक्रममा अभिनेता रेशले सिनेमामा आफ्नो भूमिका नौलो किसिमको रहेको बताउन भन्दा अगाडी चलचित्रमा भएको एउटा डाइलग ‘यो काठमाडौं शहर एकदिन मेरो हुनेछ’ बोलेर सुनाएका थिए । चलचित्रलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । चलचित्रको प्रोडक्शन डिजाइनर अनन्त तिमिल्सिना हुन् ।

add

प्रतिक्रिया