Bisal Chautari Logo

चुनावपछि मात्रै पार्टी एकता:  दाहाल

- २७ कार्तिक २०७४, सोमबार ०९:०० मा प्रकाशित


Party unity only after elections
विशाल चौतारी समाचार
रत्ननगर २०७४ कात्तिक २७ सोमवार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको बताएका छन्।
                                                                                                                           फाइल फोटो

चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका अध्यक्ष दाहालले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिए।
उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए। चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गरे।
चितवनका जनताले यहाँको विकासका लागि आफूलाई चाहेको उनको भनाइ थियो। चुनावी प्रचार अभियान र घरदैलो कार्यक्रममा दैनिकरुपमा सक्रिय भएका उनले चितवनको विकासका लागि छिट्टै नै आफ्नो योजना सार्वजनिक गर्ने बताए।
चितवनमा उनको प्रतिस्पर्धीका रुपमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे छन्। पाण्डेले पनि चुनावी अभियान तीव्र पारेका छन्। रासस

प्रतिक्रिया