Bisal Chautari Logo

इराक र इरानको सीमा क्षेत्रमा भूकम्प जादा १२९ भन्दा बढीको मृत्यु

- २७ कार्तिक २०७४, सोमबार ०६:२४ मा प्रकाशित


More than 129 earthquakes died
एजेन्सी
काठमाडौँ, २०७४ कात्तिक २७ सोमवार । उत्तरी इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्पका जादाँ १ सय २९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

                                                                       फोटो : स्रोत बीबीसी

इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु बनाएर ७.३ म्याग्निच्युडको भूकम्पक गएको जनाइएको छ। इरानबाट आएका खबरहरुका अनुसार एउटा शक्तिशाली भूकम्प जाँदा देशको पश्चिम क्षेत्रमा १ सय भन्दा बढीको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्।
अधिकारीहरुले सरकारी सञ्चारमाध्यमलाई बताए अनुसार इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय ३५ जनाको मृत्यु भएको छ। इराकमा अन्य ६ जनाको ज्यान गएको बताइएको छ। मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ।

 

                                                                             फोटो : स्रोत बीबीसी

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन्। थुप्रै गाउँ र शहररुमा विजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा पनि अवरुद्ध भएको छ। बाटो अबरुद्ध भएका कारण केही उद्धार टोलीहरु क्षतिग्रस्त क्षेत्रसम्म पुग्न सकेका छैनन्।
भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएका थिए। सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा कुवेतमा मानिसहरु बाहिर सडकमा भेला भएको र परकम्प आउन सक्ने डरले आफ्नो घरमा फर्किन डराएको देखिन्छ।
छ।

 

प्रतिक्रिया