Bisal Chautari Logo

बस र ट्यांकर ठोकिँदा १५ जना घाइते

- २६ कार्तिक २०७४, आईतवार १०:१८ मा प्रकाशित


15 injured when bus and tank collapsed
विशाल चौतारी समाचार
चितवन, २०७४ कात्तिक २६ आइतवार । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीमा आज अपराह्न यात्रु बस र इन्धन बोकेको ट्यांकर ठोकिँदा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वतर्फ जाँदै गरेको ना २ ख ४२२६ नं को बस र विपरीत दिशातर्फ आउँदै गरेको तेल बोकेको ना ७ ख २२०० नं को ट्यांकर १२।१० बजे ठोकिएका हुन् ।
घटनामा बस चालक राप्ती नगरपालिका–७ का २५ वर्षीय राजकुमार तामाङसहित १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये ११ जनाको चितवन मेडिकल कलेज तथा तीन जनाको पुरानो मेडिकल कलेज र एक जनाको सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्यांकर चालक भने फरार छन् । रासस

प्रतिक्रिया